१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागिएको भन्दै प्रतिपक्षी दल आक्रोशित



काठमाडौँ-सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको चर्चाका बीच प्रतिपक्षी दलले त्यसविरुद्ध मोर्चाबन्दी सुरु गरेका छन् ।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलले सत्तारुढ दलको सम्भावित कदमविरुद्ध संगठित प्रतिकारमा उत्रने तयारी गरेका हुन् ‌।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साना दललाई फुटाउने नियतका साथ सरकारले जालझेल ढङ्गबाट अध्यादेश ल्याउने तयारी गरेकोप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् ।

मोर्चाबन्दीमा उभिएका विपक्षी दलहरूले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश रोक्न राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्ने योजना समेत बनाएका छन् ।

एकीकृत समाजवादी विभाजन गर्न र जसपा नेपालको विभाजनलाई वैधानिकता दिन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने तयारी गरिरहेको चर्चा चलिरहेको छ ।

कांग्रेसको सहमतिका लागि सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको विषय पनि विपक्षी दलभित्र चर्चामा छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार ००:००  ९ : ३३ बजे