१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

‘माओवादीले भयानक बिचल्लीको सामना गर्नुपर्छ’



काठमाडौँ-नेकपाका महासचिव नेत्रविक्रमचन्द विप्लवले आफूलाई नबदल्ने हो भने माओवादीले ‘भयानक बिचल्ली’ को सामना गर्नुपर्ने बताएका छन् ।

बेपत्ता योद्धा परिवार समाजले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै विप्लवले माओवादीका लागि आगामी दिन झन् संकटपूर्ण रहेको बताएका हुन् ।

अमेरिकाले नेपाललाई निरन्तर दबाबमा राख्दै गएको र त्यसको शिकार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भएको विप्लवको जिकिर छ ।

बद्लिदो सत्ता समीकरणमा प्रधानमन्त्री दाहालले कुर्सी बचाउने काममा बाहेक अन्यत्र ध्यान केन्द्रित गर्न नसकेको बताउँदै विप्लवले यस्तो अवस्थामा जनअपेक्षा अनुसार प्रभावकारी काम नहुने बताए ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार ००:००  ८ : ०८ बजे