७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु



काठमाडौँ-ट्रकले स्कुटरलाई ठक्कर दिँदा सोमबार साँझ ललितपुरको बालकुमारीमा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली तीनपाटन गाउँपालिका घर भई भक्तपुरको सूर्यविनायकमा बस्दै आएका ३५ वर्षीय रमेशकुमार पाण्डे छन् ।

पाण्डे सवार बा ८३ प ८१७८ नम्बरको स्कुटरलाई प्रदेश ०२- ३-००-१० ख ५३५७ नम्बरको ट्रकले ठक्कर दिएको हो ललितपुर प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदीले बताए ।

घटनापछि प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा राखेको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार ००:००  ८ : १४ बजे