झापा-लगातार उकालो लागिरहेको सुनको मूल्य शुक्रबार घटेको छ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला नाै सय रुपैयाँले घटेको हो ।
बिहिबार प्रतितोला १ लाख ५० हजार ५०० रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार भने सुनको मूल्य १ लाख ४९ हजार ६०० रुपैयाँ निर्धारण भएको हो । चाँदीको मूल्य भने कति तोला २० रुपैयाँले बढेको छ ।


















