१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

बालबालिकाको रगतमा सीसाको मात्रा उच्च : अनुसन्धान गर्ने सरकारको तयारी



झापा-नेपालमा बालबालिकाको रगतमा सीसाकाे मात्रा उच्च देखिएपछि जोखिम बढ्दै गएको विज्ञहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार बालबालिकाको रगतमा ३ दशमलव ५ माइक्रोग्राम पर डेसलिटरभन्दा बढी सीसा हुनु हुँदैन ।

सीसाजन्य प्रदूषणको जोखिमका कारण बालबालिकाको रगतमा सीसाको मात्रा बढ्दै गएको देखिएको हो । बालबालिकाका लागि एकमात्र केन्द्रीय अस्पताल कान्तिले भने रगतमा सीसाको मात्रा परीक्षण गर्ने गरेको छैन ।

कान्तिबाल अस्पतालकी प्याथोलोजिस्ट डाक्टर माेनी सुवेदी अस्पतालको ल्याबमा सङ्क्रमक रोगको भार एकदमै बढी भएकाले परीक्षण गर्न नसकिएको बताउँछिन् । अस्पतालमा परीक्षण नभएपनि निजी ल्यावले परीक्षण गर्दै आएका छन् ।

बालबालिकामा सीसाको जोखिमबारे स्वास्थ्य मन्त्रालयले काठमाडौँ लगायत प्रदूषण बढी हुने सहरहरुमा सर्वेक्षणको तयारी गरिरहेको डाक्टर मेघनाथ धिमाल बताउँछन्।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार ००:००  ९ : २१ बजे