विराटनगर-विराटनगरमा पाहुना आएका एक जना युवकको हत्या भएको छ । सुनसरीको दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको हत्या भएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अक्लेश विराटनगर महानगरपालिका–४ इक्राहीस्थित रामलोचन यादवको घरमा पाहुना आएका थिए । रामलोचन अक्लेशका ठुलोबुवा हुन् ।
ठुलीआमाकी छोरी बहिनीको बिहेमा आएका बेला अक्लेशको हत्या भएको डीएसपी बस्नेतले बताए । विराटनगर–४ का २४ वर्षीय गणेश यादवले चक्कु प्रहार गरेर अक्लेशको हत्या गरेको जानकारी उनले दिए ।
अक्लेशका ठूलोबुवा रामलोचन र गणेश छिमेकी हुन् । बस्नेतका अनुसार बिहेको कार्यक्रम सकिएपछि गणेश र अक्लेशबीच सामान्य विवाद भएको खुलेको छ । उनीहरुबीच के विषयमा विवाद भएको थियो भनेर यकिन भएको छैन ।