५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

आन्तरिक राजस्व कार्यालय झापाले उठायो ३ अर्ब २१ करोड राजस्व



भद्रपुर-आन्तरिक राजस्व कार्यालय झापाले आर्थिक वर्ष २०८०-८१ मा ३ अर्ब २१ करोड १२ लाख ६७ हजार रुपैयाँ राजस्व उठाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा राजस्व सङ्कलन बढेको आन्तरिक राजस्व कार्यालय झापाका सूचना अधिकारी भीमप्रसाद आचार्यले बताए । तर, कार्यालयले अपेक्षाकृत लक्ष्य भने पूरा गर्न सकेन ।

अघिल्लो आर्थिक वर्षमा ३ अर्ब १ करोड ५९ लाख ७६ हजार राजस्व सङ्कलन भएको थियो । त्यसको तुलनामा गत आर्थिक वर्षमा १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व असुली भएको छ ।

सूचना अधिकारी आचार्यका अनुसार गत आर्थिक वर्षमा ३ अर्ब ७९ करोड ७१ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको थियो । लक्ष्यको तुलनामा ८४ दशमलव ५७ प्रतिशत मात्रै राजस्व उठेको हो ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार ००:००  ७ : ३८ बजे