बाँके-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीका लगाएर नेतृत्व हस्तान्तरण गर्ने पक्षमा आफू नरहेको बताएका छन् । सेन्टर बाँकेले आइतबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले पार्टी अध्यक्षको पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको जिकिर गरे । पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको प्रचण्डले उल्लेख गरे ।
‘पार्टीको अध्यक्ष पद टीका लाएर हस्तान्तरण गर्ने चिज होइन । सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्छु’, पत्रकार सम्मेलनमा प्रचण्डले भने, ‘म सधैंभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन ।’


















