झापा-नेकपा एमालेले पार्टी नीतिविपरीत अभिव्यक्ति दिएको जनाउँदै तीन जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एमालेले भीम रावल, बिन्दा पाण्डे र उषा किरण तिम्सिनालाई स्पष्टीकरण सोध्न लागेको हो ।
पार्टी निर्णयविरुद्ध बोलेकाले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव शंकर पोखरेलले बताए । आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमालेको सचिवालय बैठक बसेको थियो ।
पाण्डे र तिम्सिनाले कीर्तिपुरमा निर्माण भइरहेको पार्टी कार्यालयको विषयमा अभिव्यक्ति दिएका छन् । सार्वजनिक टिप्पणीपछि एमालेले उनीहरूसँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो ।
नेता रावलले भने पार्टी नीतिविपरीत गतिविधि गरेको एमालेले जनाएको छ ।

















