वीरगञ्ज-वीरगञ्ज महानगरपालिकाले १० हजार भन्दाबढी किशोरीलाई एकैपटक आत्मरक्षा तालिम दिने भएको छ । किशोरीको मनोबल बढाउन महानगरपालिकाले आत्मरक्षा प्रशिक्षण सञ्चालन गर्न लागेको हो ।
महानगरपालिकाले मङ्गलबार पत्रकार सम्मेलन गरी आत्मरक्षा तालिममा सहभागी हुन १२ हजार भन्दाबढी किशोरीले आवेदन बुझाइसकेको जनाएको छ ।
महानगरपालिकाका प्रमुख राजेशमान सिंहले १० हजारभन्दा बढी किशोरीलाई एकै ठाउँमा राखेर सामूहिक प्रशिक्षण दिने तयारी गरिएको बताए । भारतका चर्चित अन्तर्राष्ट्रिय ट्रेनर चिता यजनेस सेट्टीले किशोरीलाई प्रशिक्षण दिनेछन् ।


















