३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

मोटरसाइकल दुर्घटनाका घाइते मर्डीको मृत्यु



बिर्तामोड-एक साताअघि भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका हल्दीबारीका एक युवकको गएराति मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दिबारी २ का २१ वर्षीय सुमन मर्डी छन् ।

मे ६ प ३० ७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मर्डी घाइते भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्तिक १८ गते साँझ भद्रपुर १० धनुषमाेडबाट केन्द्रमोडतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना भएको थियो ।

विभिन्न अस्पतालमा उपचार गरिएको र उपचार सम्भव नभएको जनाउँदै उनलाई घरमै ल्याएर राखिएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार ००:००  ८ : ११ बजे