बिर्तामोड-नेपाल मोबाइल व्यवसायी महासङ्घ झापा जिल्ला कार्यसमिति गठन भएको छ । महासंघका कोशी प्रदेश सचिव शिव खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रमका बीच झापा जिल्लाका लागि तदर्थ समिति गठन भएको हो ।
मोबाइल व्यवसायीहरूको भेलाले युवराज निरौलाको अध्यक्षतामा नेपाल मोबाइल व्यवसायी महासंघ गठन गरेको छ । महासङ्घको वरिष्ठ उपाध्यक्षमा कबिन श्रेष्ठ रहेका छन् ।
महासङ्घको उपाध्यक्षमा सञ्जय साह छन् भने महासचिवमा टंक सिम्खडा रहेका छन् । सचिवमा ऋषि भण्डारी, कोषाध्यक्षमा सन्तोष शर्मा र सह कोषाध्यक्षमा खगेन्द्र चापागाईं चयन भएका छन् ।
सदस्यहरूमा रेवतीप्रसाद दाहाल, शरद राई, हरि कार्की, खगेन्द्र ढुङ्गाना, पुकार आचार्य, लोकेश भट्टराई, सरोज मैनाली, प्रमित कुइकेल, रेवत श्रेष्ठ, नवनित चौधरी, सरोज सापकोटा, रञ्जित बानियाँ, उमेश श्रेष्ठ र राज गोविन्द साह रहेका छन् ।
आगामी छ महिनाभित्र मोबाइल व्यवसायीहरूको बृहत्तर भेला आयोजना गरी महासङ्घको नयाँ नेतृत्व चयन गरिने तदर्थ समिति अध्यक्ष निरौलाले बताए ।
आगामी जेठ २५ गते काठमाडौँमा आयोजना गरिएको महासङ्घको राष्ट्रिय भेलामा समेत झापा जिल्लाका तर्फबाट प्रतिनिधित्व हुने जनाइएको छ ।
















