ताप्लेजुङ-सुपर कावेली ए जलविद्युत आयोजना औपचारिक रूपमा सञ्चालनमा आएको छ । २०७९ मङ्सिर अन्तिम सातादेखि आयोजनाको निर्माण कार्य सुरु भएको थियो ।
आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको १३२ केभी क्षमताको अमरपुर सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
१३ दशमलव ५ मेगावाट क्षमताको यो विद्युत् आयोजना तेस्नाे रिभर्स लिमिटेडले निर्माण गरेको हाे । आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले उत्पादन परीक्षणपछि प्रसारण लाइनमा जोडिएको बताए ।
२ अर्ब ६३ करोड २९ लाख रूपैयाँको लागतमा यो विद्युत् आयोजना निर्माण भएको हो । सुपर कावेली ए जलविद्युत् आयोजनासँगै ताप्लेजुङमा उत्पादन भइरहेका विद्युत् परियोजनाको सङ्ख्या ८ पुगेको छ ।
ताप्लेजुङमा अहिले डेढ दर्जनभन्दा बढी जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् । ती आयोजनाकाे निर्माण कार्य सम्पन्न भएपछि जिल्लामा विद्युत् उत्पादन थप विस्तार हुने अपेक्षा गरिएको छ ।