७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

विद्युतीय सवारी खरिदमा सहुलियत ब्याजदर



झापा-विद्युतीय सवारी साधन खरिदमा बैंकहरूले सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउने घोषणा गरेका छन् । तरलता व्यवस्थापनमा सकस बेहोर्नु परिरहेका बेला बैंकहरू बीच आकर्षक ब्याजदरमा ऋण उपलब्ध गराउने होडबाजी सुरु भएको हो ।

सहुलियत र सस्तो ब्याजदरमा अटो लोन स्किम सार्वजनिक गरेका बैंक तथा वित्तीय संस्थाले विद्युतीय सवारी खरिदलाई प्राथमिकतामा राखेका हुन् । अन दि स्पट सहज फाइनान्सिङ सुविधा उपलब्ध गराउने बैंकहरूको उद्देश्य छ ।

ग्लोबल आइएमई बैंकले विद्युतीय सवारी खरिदमा ७ दशमलव ९९ प्रतिशत ब्याजदर कायम गरेको छ । ८० प्रतिशतसम्म ऋण दिने ग्लोबलको तयारी छ । कर्जा प्रक्रियामा बैंकले ०.५ प्रतिशत सेवा शुल्क लिनेछ ।

एन एमबी बैंकले ८ दशमलव ६४ प्रतिशत ब्याजदरमा ८० प्रतिशतसम्म कर्जा दिने नीति अगाडि सारेको छ । यो ब्याजदरमा आधारभूत दर र १ प्रतिशत प्रिमियम चार्ज समावेश गरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८१, बुधबार ००:००  ९ : २४ बजे