१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

सभामुख घिमिरे स्वदेश फिर्ता



बिर्तामोड-प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे मङ्गलबार स्वदेश फर्किएका छन् । कम्बोडियामा आयोजित कार्यक्रममा भाग लिएर सभामुख घिमिरे स्वदेश फर्किएका हुन् ।

सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदको एघारौं पूर्ण सत्रमा सहभागी हुन सभामुख घिमिरे त्यसतर्फ प्रस्थान गरेका थिए । मङ्सिर ८ देखि ११ गतेसम्म चलेको सम्मेलनको पूर्ण सत्रलाई उनले सम्बोधन गरेका छन् ।

स्वदेश फर्किए लगत्तै त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले नेपालको शान्ति प्रक्रिया विश्वका लागि प्रेरणादायी भएको बताए ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार ००:००  ९ : ५५ बजे