११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

सुरु भयो माई मेलाको तयारी



सतासीधाम-झापाको कनकाई माइमा माघे मेलाको तयारी सुरु भएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर १० को आयोजनामा यसवर्ष माइमेला लगाउने तयारी भएको हो ।

वडा कार्यालयले मेलालाई व्यवस्थित बनाउन आवश्यक तयारी र व्यवस्थापनको काम थालेको वडाध्यक्ष हर्क सिङ्गुले बताए । अघिल्ला वर्षभन्दा यस वर्ष ठूलो सहभागितामा मेल आयोजना हुने उनले जानकारी दिए ।

यस वर्ष पाँच दिनसम्म मेला लाग्नेछ । पुष २७ गते बेलुका सम्ममा सम्पूर्ण तयारी पूरा गरेर २८ गते दिउँसो १२ बजे मेलाको औपचारिक उद्घाटन गर्ने तयारी छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार ००:००  ८ : ५४ बजे