१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

काँकडभिट्टा नाकाबाट ७०० किलो लसुन बरामद



काँकडभिट्टा-प्रहरीको संयुक्त टोलीले मङ्गलबार राति मेचीनगर ६ बाट ७०० किलो लसुन बरामद गरेको छ । बाँसझ्याङमा बोरामा हालेर लुकाएर राखिएको अवस्थामा प्रहरीले लसुन बरामद गरेको हो ।

लसुन बरामदका लागि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोली संयुक्त रूपमा परिचालित भएको थियो ।

प्रहरीले ३ लाख ५० हजार मूल्य बराबरको ७०० किलो लसुन बरामद भएको र मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार ००:००  ७ : ५६ बजे