११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

पत्रकार महासंघ झापाका अध्यक्ष गिरी सम्मानित



बिर्तामोड-महिला उद्यमी संघ नेपालले नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई सम्मान गरेको छ । गिरी महासङ्घको अध्यक्षमा दोस्रो कार्यकालका लागि भर्खरै निर्वाचित भएका हुन् ।‌

सोमबार बिर्तामोडमा आयोजित नवौँ वार्षिक साधारण सभाको अवसर पारेर अध्यक्ष गिरीलाई संघले सम्मान गरेको हो । सञ्चार क्षेत्रमार्फत निरन्तर गरेको योगदानका लागि अध्यक्ष गिरीलाई सम्मान गरिएको छ ।

महिला उद्यमी महासंघ नेपालकी अध्यक्ष शाेभा ज्ञवाली र संघकी झापा अध्यक्ष सुष्मा पौडेल, पूर्व अध्यक्ष नैनकला भट्टराई र संस्थापक अध्यक्ष गोमा भट्टराईले दोसल्ला ओढाएर अध्यक्ष गिरीलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले उद्यमशीलताको विकासका लागि संघले महत्वपूर्ण काम गर्दै आएको बताउँदै आगामी दिनमा थप रचनात्मक र प्रभावकारी काम हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार ००:००  ८ : १६ बजे