झापा-नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपचुनावमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । साेमबार खुमलटारमा बसेको पदाधिकारी बैठकले एक्लै चुनावी प्रतिस्पर्धामा जाने निर्णय गरेको हो ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको बैठकले उम्मेदवारको नाम अनुमोदन गर्दै एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेको सचिव दिनानाथ शर्माले बताए ।
बैठकले उपनिर्वाचनमा केन्द्रित हुन नेता कार्यकर्तालाई निर्देशन दिने निर्णय गर्दै स्थानीय तहमा आवश्यकताका आधारमा निर्णय गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।