७ भाद्र २०८३, आइतबार | Mon Aug 24 2026

पदावधि सकिन लागेका एक सय प्रहरी अधिकृतको जागिर लम्बियो



झापा-पदावधि सकिन लागेका करिब एक सय प्रहरी अधिकृतको जागिर लम्बिएको छ । ३० वर्षे सेवा हदका आधारमा अवकाश नदिन सर्वोच्च अदालतले आदेश दिएपछि उनीहरूको जागिर लम्बिएको हो ।

प्रहरी निरीक्षकदेखि डीआइजी सम्मका करिब एक सय अधिकृतले भदौ १६ बाट ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउँदै थिए । तर, अब उनीहरूको जागिर लम्बिएको छ ।

सर्वोच्चको आदेशपछि प्रहरी महानिरीक्षकको रोलक्रममा समेत तलमाथि पर्ने देखिएको छ । अदालतको आदेश निरन्तर उल्लङ्घन गरेको जनाउँदै सर्वोच्चले यस्तो आदेश दिएको हाे ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार ००:००  ८ : २३ बजे