झापा- बिर्तामोड नगरपालिकाले गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वित्तिय साक्षरता सम्वन्धि तालिम आयोजना गरेको छ ।
महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले उद्यमशीलतासँग जोडेर तालिम आयोजना गरिएको नगरका वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिनाले बताए ।
सहभागीहरुले तालिम फलदायी रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले बचत गर्ने बानीको विकास र आर्थिकरुपमा सक्षम हुनुका लागि आवश्यक उद्यमशीलताको विषयमा महत्वपूर्ण जानकारी प्राप्त भएको बताए ।
विजय तिम्सिनाले सहजीकरण गरेको तालिममा बिर्तामोडका आठवटा लघु उद्यमी समूहबाट २५ जना महिलाले सहभागिता जनाएका थिए । नगरको आर्थिक विकास समिति संयोजक संगिता सिवाले तालिम उद्घाटन गरेकी थिइन् ।
नगरपालिकाले बिहिबार इटहरीका विभिन्न लघु उद्यमीले सञ्चालन गरेका ५ वटा फर्ममा अवलोकन भ्रमणसमेत गराएको उद्यम विकास शाखा प्रमुख चनिमाया तामाङले बताइन् ।














