२७ कार्तिक २०८२, बुधबार | Wed Nov 12 2025

व्यवसायिक योजना निर्माणका विषयमा लेडी जेसीजको प्रशिक्षण



बिर्तामोड– वीरता लेडी जेसीजले सदस्यहरुलाई व्यवसायिक योजना निर्माणका विषयमा प्रशिक्षण दिएको छ । सोमवार आफ्नै सचिवालयमा लेडी जेसीजले प्रशिक्षण आयोजना गरेको हो ।

उद्यमी समेत रहेकी सञ्चारकर्मी भीमा सिवाकोटीले सहभागीलाई व्यवसायिक योजना निर्माणका विषयमा प्रशिक्षण दिएकी हुन् । समाजसेवी जलकुमार गुरुङको प्रमुख आतिथ्यमा लेडी जेसीजले व्यवसायिक योजना निर्माण सम्बन्धी कार्यक्रम आयोजना गरेको हो ।

आफ्ना सदस्य र शुभेच्छुकलाई व्यावसायिक योजना निर्माणमा सघाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले बताइन् ।

लेडी जेसीजकी पूर्व अध्यक्ष पार्वता बिमलीको विशेष आतिथ्यमा आयोजित कार्यक्रम तारा बस्नेतको संयोजकत्वमा सम्पन्न भएको हो । पूर्व अध्यक्ष संगीता गिरीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलबार ००:००  १ : ४४ बजे