झापा-बालकलाई ठक्कर दिएर भागेका मोटरसाइकल चालक पक्राउ परेका छन् । झापाको कनकाई नगरपालिका-५ मुस्लिम टोलका २३ वर्षीय अजत मियालाई प्रहरीले पक्राउ गरेको हो ।
मियाले चलाएको मे ११ पद ३३८ नम्बरको मोटरसाइकलले सोमबार ११ बजे कनकाई नगरपालिकाको चप्रामारीस्थित भित्री सडकखण्डमा ७ वर्षीय सोहन पाठकलाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका बालकको अस्पताल पुर्याउने बित्तिकै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश बिष्टले गएराति ११ बजे चकचकीबाट मियालाई पक्राउ गरिएको बताए ।