बिर्तामोड- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नयाँ सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ । मंगलबार बिहान बसेको रास्वपाको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले बताए । बैठकले नयाँ गठबन्धन देश र जनताको हितमा नरहेको निष्कर्ष निकालेको छ ।
नयाँ समीकरणले देशलाई राजनीतिक स्थायित्व पनि नदिने बैठकको निष्कर्ष छ ।
‘















