झापा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर मो अख्तर हुसैनविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो । इन्जिनियर हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको आरोप छ ।
घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरीका आधारमा इटहरीबाट खटिएर गएको आयोगको टोलीले हुसैनलाई १ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।