झापा-यस वर्षको भाइटीकाको साइत ११:३७ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले सोमबार भाइटीकाको साइत सार्वजनिक गरेको हो । यसवर्ष कार्तिक १८ गते भाइटीका छ ।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने बताए । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कार्तिक १३ गतेदेखि सुरु हुँदैछ ।