झापा-राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । बुधबार पार्टी कार्यालय वनस्थलीमा पत्रकार सम्मेलन गरी दोस्रो चरणको आन्दोलन घोषणा गर्ने तयारी भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीले निरन्तर प्रदर्शन गर्दै आएको छ । पहिलो चरणको आन्दोलन सकिएकाले अब दोस्रो चरणको आन्दोलन हुन लागेको प्रवक्ता झाले बताए ।
राजनीतिक प्रतिशोध साँधेर लामिछानेविरुद्ध मुद्दा चलाइएको जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरूको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन ठूला दलहरूले सुनियोजित षड्यन्त्र गरिरहेको जनाउँदै आएको छ ।