८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

परराष्ट्रमन्त्री राणाको भारत भ्रमण : भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम तय



झापा-परराष्ट्रमन्त्री डा. आरजु राणाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । परराष्ट्रमन्त्री राणाले दिल्लीस्थित हैदराबाद हाउसमा साँझ प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्न लागेकी हुन् ।

भेटवार्तापछि परराष्ट्रमन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गर्ने कार्यक्रम छ ।

भारत भ्रमणका सिलसिलामा राणा आइतबार नयाँ दिल्ली पुगेकी थिइन् । राणालाई भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए ।

परराष्ट्रमन्त्री राणाले भारतीय विदेशमन्त्री एस जयशंकरलाई आजै भेट्ने कार्यक्रम छ । जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा गएकी हुन् । पाँच दिने भारत भ्रमणपछि परराष्ट्रमन्त्री राणा बिहिबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार ००:००  ८ : ३८ बजे