५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

बिर्तामोडबाट ब्राउन सुगर प्रयोगकर्ता पक्राउ



बिर्तामोड-झापाको बिर्तामोडस्थित पश्चिम स्टेण्डबाट प्रहरीले एकजना लागू पदार्थ प्रयोगकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक नगरपालिका वडा नं ४ घर भएका एलिन दर्नाल छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेक जाँच गर्दा दर्नालका साथमा ब्राउन सुगर भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दर्नालको साथमा ३ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर भेटिएको हो ।

प्रकाशित मिति : २० असार २०८१, बिहिबार ००:००  ८ : २५ बजे