११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

पाँच किलो सुनसहित विमानस्थलबाट तीन विदेशी नागरिक पक्राउ



काठमाडौँ-अवैध रूपमा सुन बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका तीन विदेशी नागरिक पक्राउ परेका छन् । एयर अरेबियाको विमानमार्फत मंगलबार साँझ उनीहरू काठमाडौँ उत्रिएका थिए ।

पक्राउ पर्नेमा एकजना चिनिया र दुईजना म्यानमारका नागरिक छन् । उनीहरूका साथमा पाँच किलो सातसय ग्राम सुन फेला परेको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

पक्राउ परेका तीनैजना विदेशी नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखेर अनुसन्धान थालिएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार ००:००  ९ : १२ बजे