१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

पूर्वपश्चिम राजमार्गको चुलाचुली मोडमा बस र ट्रिपर जुधे, २१ जना घाइते



बिर्तामोड-झापाको कमल गाउँपालिका-४ चुलाचुली मोडस्थित राजमार्गमा यात्रुवाहक बस र ट्रिपर आपसमा ठोकिँदा २१ जना यात्रु घाइते भएका छन् ।

झिलझिलेबाट दमकतर्फ जाँदै गरेको बा ३ ख २१६६ नम्बरको ट्रिपर र दमकबाट आउँदै गरेको को १ ख ५०८७ नम्बरको यात्रुबाहक बस आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २१ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो। घाइतेमध्ये दमक रिसर्च सेन्टरमा ११ जनाको उपचार भइरहेको छ भने लाइफलाइन अस्पतालमा नौ जना भर्ना भएका छन् ।

घाइतेहरूको पूर्ण विवरण खोल्न बाँकी छ। प्रहरीले बस चालक उदयपुर त्रियुगा नगरपालिका ३ का ४५ वर्षीय अशोक बोट र ट्रिपर चालक धनुषा गणेशमान नगरपालिका ५ का ३४ वर्षीय शेरबहादुर राईलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार ००:००  ९ : १४ बजे