२९ मंसिर २०८२, आइतबार | Mon Dec 15 2025

‘झापा रकस्टार’ को आयोजना : बिजेता व्याण्डलाई ५० हजार पुरस्कार दिइने



झापा-झापाको बिर्तामोडस्थित अमृत स्टोरले झापा रकस्टार आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी स्टोरले झापा रक स्टारका विषयमा भइरहेको प्रारम्भिक तयारी र व्यवस्थापन सम्बन्धी जानकारी दिएको हो ।

झापामा पहिलोपटक झापा रक स्टार हुन लागेको स्टोरका सञ्चालक अमृत पौडेलले बताए । झापा रकस्टारमा विभिन्न सांगीतिक ब्यान्डहरूले प्रतिस्पर्धा गर्नेछन् ।

सांगीतिक भविष्यको खोजीमा ब्याण्डमा आबद्ध भएका युवालाई उत्प्रेरित गर्ने उदेश्यले ‘झापा रकस्टार’को आयोजना गरिएको पौडेलले बताए । झापा रकस्टार’ मा प्रतिस्पर्धा गर्न सेक्टेम्बर १५ बाट प्री अडिसन खुल्ला भइसकेको छ ।

सेक्टेम्बर २६ सम्म आवेदन दिन सकिनेछ । प्रतिस्पर्धाका लागि पहिलो चरणमा डिजिटल अडिसन हुनेछ । झापा रकस्टार’ को फिनाले अक्टोबर ३ मा हुनेछ । डिजिडल अडिसनबाट छनोट भएका ब्याण्डहरुले फिनालेमा प्रतिस्पर्धा गर्नेछन् ।

‘झापा रकस्टार’की व्यवस्थापक सुनीता तामाङले रक बिधामा मात्रै नभई संगीतको हरेक विधामा ब्याण्डहरुले प्रस्तुति दिन सक्ने बताइन् ।

ब्याण्डहरुको प्रतिस्पर्धाबाट ‘झापा रकस्टार’ को पहिलो, दोस्रो र तेस्रो छनोट गरिने छ । पहिलो हुने ब्याण्डले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार नगद पुरस्कार पाउनेछ ।

प्रतिस्पर्धामा भाग लिने हुने ब्याण्डहरुले निःशुल्क सहभागिता जनाउन पाउने छन् । संगीत प्रशिक्षक कृष्ण योञ्जनले ‘झापा रकस्टार’ले नेपाली सांगीतिक क्षेत्रमा महत्वपूर्ण टेवा पुर्याउने बताए ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार ००:००  ९ : ०४ बजे