रौतहट-रौतहटको चन्द्रनिगाहपुरमा आइतबार भएको मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरबाट सन्तपुरतर्फ जाँदै गर्दा प्रहरी जवान नवीनकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
रौतहटकी प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीका अनुसार २६ वर्षीय यादव मधेस प्रदेश ०३-०३३ प ३३०१ नम्बरको मोटरसाइकलमा सवार थिए ।
मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको डीएसपी गिरीले बताइन् । चन्द्रनिगाहपुरस्थित हाइवे ट्रमा सेन्टरमा लैजाँदै गर्दा बाटैमा यादवको मृत्यु भएको हो ।
मोटरसाइकलको पछाडि सवार २५ वर्षीय नवीनकुमार चौधरी घाइते भएका छन् । उनको चन्द्रपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।


















