झापा– कोशी प्रदेश सरकारका पूर्व मन्त्री लीलावल्लभ अधिकारी पक्राउ परेका छन् । कोशी प्रदेशका डीआईजी चन्द्रकुबेर खापुङले पूर्व मन्त्री अधिकारीलाई पक्राउ गरी काठमाडौं पठाउन लागिएको बताए ।
मन्त्रीपरिषदबाट भ्रमण स्वीकृत नगरी जापान गएका मन्त्री अधिकारीमाथि मानव तस्करी गरेको आरोप लागेको छ । आरोप लगत्तै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
विराटनगरस्थित निवासबाट पक्राउ गरिएका अधिकारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा पक्राउ गरिएको हो । दिउँसो एक बजे हवाईजहाजमार्फत् उनलाई काठमाडौं पठाउने तयारी छ ।
शनिवार नेकपा एमाले प्रदेश कमिटीले उनलाई पार्टीको संगठित सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो । आफूलाई फसाइएको दावी गर्दै आएका पूर्व मन्त्री अधिकारीले छानविनमा सघाउने बताएका छन् ।