झापा- टिकटक बनाउन खोज्दा खोलामा लडेर तेह्रथुममा दुई जनाको मृत्यु भएको छ । शनिबार तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका ५ मा रहेको गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भट्टराईको मृत्यु भएको हो ।
शनिबार विद्यार्थीसहितको टोली खोरुङ्गा खोलामा नुहाउन गएको थियो । नुहाउने क्रममा मृतक दुईसहित अर्की एक विद्यार्थी टिकटक भिडियो बनाउने भन्दै हिँडेका थिए ।
भिडियो बनाउने क्रममा दुई जना खोचमा खसेका थिए । खोँचमा खसेका कारण दुवै जनाको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डीएसपी चिनिमाया तामाङले बताइन् ।