१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

खुदुनाबारी गोल्डकप : आज कनकाई र शिवसताक्षी भिड्दै



बिर्तामोड-चौथो संस्करणको खुदुनाबारी गोल्डकप अन्तर नगरपालिका स्तरीय खुला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा कनकाई र शिवसताक्षी नगरपालिका भिड्दै छन् ।

गोल्डकपको पहिलो क्वार्टर फाइनल खेलमा यी दुई नगरपालिका भिड्न लागेको आयोजक समितिका सचिव खगेन्द्र लिङदनले बताए । गोल्डकपमा आयोजकसहित १० टीमको सहभागिता छ ।

यसअघि हिजो भएको खेलमा आयोजकलाई ६-२ गोल अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका विजयी भएको थियो । अर्जुनधारा ३ को कैदले प्राकृतिक रङ्गशालामा प्रतियोगिता भइरहेको छ ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार २११ रुपैयाँ र उपविजेताले ५५ हजार ६५५ रुपैयाँ पुरस्कार पाउने जनाइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार ००:००  ८ : ३४ बजे