३२ जेष्ठ २०८२, शनिबार | Sun Jun 15 2025

सतासीधाममा म्याराथन : बझाङका करण रावल प्रथम




सतासीधाम–फेस नेपाल होप एण्ड ट्रान्सफर्मेसन शिवसताक्षीद्वारा आयोजित शिवसताक्षी म्याराथनमा खुलातर्फ बझाङका करण रावल प्रथम भएका छन् । ताप्लेजुङका रमेश लिम्बु दोस्रो र स्याङजाका धनमान मानन्धर तेस्रो भए ।

खुला महिलातर्फ प्रथम इन्द्रकला नेम्वाङ, दोस्रो पुष्पा शेर्मा लिम्वू, तेस्रो कुनकला राई भएका छन् । प्रतियोगिताको भेट्रान पुरुषतर्फ अभिनारायण अधिकारी प्रथम, विजयकुमार राई दोस्रो र लक्ष्मण अधिकारी तेस्रो भएका छन् ।

भेट्रान महिलातर्फ जमुना लिम्बू प्रथम, कुसुम लिम्बू दोस्रो भएको आयोजक फेस नेपालले जनाएको छ । प्रतियोगिताको १४ वर्ष मुनिका धावकहरुमा लाक्पा शेर्मा प्रथम, अस्विन श्रेष्ठ द्वितीय, रोहन माझी तृतीय भएका छन् ।

म्याराथनमा प्रथम, द्वितीय र तृतीय हुने धावकलाई जनही १५ हजार, १० हजार ७ हजारसहित प्रमाण पत्र प्रदान गरिएको छ । कार्यक्रममा १४ वर्ष मुनिका धावकलाई माइधारदेखि झिलझिले बजार र अन्य विधाका धावकलाई माइधारदेखि सताक्षीधामसम्म १० किलोमिटर दूरी पार गर्न लगाइएको थियो ।

कार्यक्रममा फेस नेपाल नगद तथा जिन्सी सहयोग गर्ने ३८ जना दातालाई सम्मान गरेको अध्यक्ष कविराज चाम्लिङ राईले जानकारी दिए । कार्यक्रममा नगर प्रमुख मेगाहाङ्ग थोप्रा लगायतको आतिथ्य रहेको थियो ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार ००:००  ८ : १८ बजे