झापा-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकार साना पार्टीलाई फुटाउने नियतका साथ अगाडि बढेको बताएका छन् ।
सोमबार पार्टीको लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जालझेल गरेर साना पार्टी टुक्र्याउने नियत सरकारले राखेको टिप्पणी गरेका हुन् ।
साना पार्टी विभाजन गर्ने उद्देश्यले अध्यादेश ल्याउने जालझेल नगर्न अध्यक्ष नेपालले सरकारलाई चेतावनी दिएका छन् । आफू बाहेक अरुको अस्तित्व छैन भन्ने मानसिकता त्याग्न उनले सत्तारुढ दललाई भनेका हुन् ।
अध्यक्ष नेपालले विचार र मन मिल्नेसँग मोर्चा, सहकार्य र हातेमालो गरेर अगाडि बढ्न आफू सधैँ तयार रहेको बताए । अध्यक्ष नेपालले कोही कसैसँग तत्काल एकताको सम्भावना नभएको सुनाएका छन् ।