१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

व्यवसायी पर्वत कार्कीद्वारा वाणिज्य सङ्घको राहत कोषमा १ लाख भन्दाबढी सहयोग



बिर्तामोड-युवा व्यवसायी युवराज कार्की पर्वतले बिर्तामोड उद्योग वाणिज्य सङ्घको व्यावसायिक राहत कोषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेका छन् ।

शनिबार जन्मदिनको अवसर पारेर व्यवसायी कार्कीले संघले स्थापना गरेको कोषमा उक्त रकम सहयोग गरेका हुन् । आपतमा परेका व्यवसायीलाई सहयोग गर्ने गरी संघले राहत कोष स्थापना गरेको थियो ।

कोषमा एक करोड रुपैयाँ बनाउने र त्यसबाट आएको ब्याज व्यवसायीको हितमा खर्चिने सङ्घको योजना रहेको छ । संघको लक्ष्यमा सदस्य व्यवसायीले सहयोग गरिरहेका छन् ।

संघका सदस्य समेत रहेका कार्कीले अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । व्यावसायिक हितका लागि खोलिएको राहत कोषमा सहयोग गर्नु आफ्नो कर्तव्य भएको कार्कीले बताए ।

प्रकाशित मिति : २२ भाद्र २०८१, शनिबार ००:००  १० : १२ बजे