इलाम- भारतको केरलामा सर्पले डसेर इलामको सूर्योदय नगरपालिका–१४ भुतेनी टोलका २९ वर्षे मनकुमार योङहाङको मृत्यु भएको छ ।
रोजगारीका लागि तीन वर्षयता केरलामा रहेका योङहाङलाई सोमबार बिहान ४ बजेतिर नेपियर घाँसको एक प्रजाति रोपिएको ठाउँमा गाईको गोबर फ्याँक्ने क्रममा विषालु सर्पले डसेको थियो ।
उपचार क्रममा बुधवार साँझ मनकुमारको मृत्यु भएको उनका काका इन्द्र सुब्बाले जानकारी दिए । योङहाङका बुबा पनि रोजगारीका सिलसिलामा केरलामै छन् ।
मनकुमारको शव नेपाल ल्याउने तयारी भइरहेको काका इन्द्रले जानकारी दिए । मनकुमारका पत्नी र छोरी छन् ।