५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

मनकामना केबलकार ५० दिनका लागि बन्द



झापा- मनकामना केबलकार ५० दिनका लागि बन्द भएको छ । केबलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको हो ।

केबलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न केबलकार बन्द भएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले बताए ।

अहिले मनकामना केवलकार एनालग प्रविधिमा चलिरहेको छ । यसपटक मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको शेरचनले जानकारी दिए । स्थापनाको २६ वर्षमा मुख्य केबल तारको लट्ठा फेर्न लागिएको हो ।

गोरखाको धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीको सहजताका लागि २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार ००:००  १ : १७ बजे