२ असार २०८२, सोमबार | Tue Jun 17 2025

दमकका युवाको मावा खोला पुलमा कुटेर हत्या



दमक-झापाको दमकमा देशु भनिने यामु निरौलाको हत्या भएको छ । दमक-९ स्थायी घर भएका निरौलाको मधुमल्ला सडक खण्डको मावा खोला पुलमा हत्या भएको प्रहरीले जनाएको हो ।

मंगलबार अपरान्ह ४ बजे निरौलामाथि मावा खोला पुलमा अपरिचित समूहले आक्रमण गरेको थियो । घाइते अवस्थाका निरौलालाई उठाएर स्थानीय बासिन्दाले तत्काल उपचारका लागि आम्दा अस्पताल भर्ना गरेका थिए ।

इलाका प्रहरी कार्यालय दमकका डिएसपी निशान थापाले घटनामा संलग्नहरूको खोजी भइरहेको बताए । उनका अनुसार तीन जनाले लात्ती र मुड्की प्रहार गरी हत्या गरेको सिसिटिभी फुटेजमा देखिएको छ ।

क्रसर सञ्चालन रहेको मावा खोलाको बगरमा ऐलानी जग्गाको विषयमा विवाद भएको हुन सक्ने प्रहरीको आशंका छ । यद्यपि, विवादको विषय भने खुलिनसकेको झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्द बताउँछन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार ००:००  ८ : ३६ बजे