१० जेष्ठ २०८२, शुक्रबार | Fri May 23 2025

इटहरीमा दुर्घटना : ट्रिपरको ठक्करबाट गुरुङ दम्पतिको मृत्यु



सुनसरी-सुनसरीको इटहरीमा आइतबार भएको दुर्घटनामा दम्पतिको मृत्यु भएको छ । ट्रिपर र भ्यानको ठक्करबाट उनीहरूले ज्यान गुमाएका हुन् ।

इटहरी १६ बालग्राम चोकमा पूर्व जाँदै गरेको को ३६ प ५६ ३७ नम्बरको मोटरसाइकललाई को १ क ३३८८ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार ट्रिपरको ठक्करबाट लडेको मोटरसाइकललाई प्रदेश १- ०२-००१ ज ३८११ नम्बरको म्याजिक भ्यानले ठक्कर दिएको थियो ।

दुर्घटनामा संखुवासभाको धर्मदेवी नगरपालिका-३ का ३२ वर्षीय युवराज गुरुङ र उनकी श्रीमती टीका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । यसअघि मङ्सिर १ गते पथरीमा ट्रिपरको ठक्करबाट दुईजनाले ज्यान गुमाएका थिए ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार ००:००  ९ : ३६ बजे