२ असार २०८२, सोमबार | Tue Jun 17 2025

झापा कप : क्वार्टर फाइनलबाट बाहिरियो त्रिभुवन आर्मी



बिर्तामोड- उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनलबाट बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो ।

झापामा आयोजित प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरेका हुन् ।

खेल अनुशासन उल्लंघन गरेको भन्दै रेफ्री श्याम दनुवारले आर्मीका कप्तान भरत खवासलाई खेल सकिएपछि रातो कार्ड दिएका थिए । खेलको प्लेयर अफ द म्याच सलहेशका अभि लामा घोषित भएका छन् । उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए ।

मंगलबारको दोस्रो क्वार्टर फाइनल खेल भारतको जिटिए दार्जिलिङ र राष्ट्रिय जागृति क्लब इटहरीबीच हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख तथा उपविजेताले नगद ५ लाख पुरस्कार पाउने आयोजक झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार ००:००  ८ : १७ बजे