पोखरा-नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सदस्यता नवीकरण अभियानलाई तीव्र बनाउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
महामन्त्री थापाले महाधिवेशनका विषयमा धेरै छलफल नगरी चैतभित्र सदस्यता नवीकरण सक्न मातहतका नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
महामन्त्री थापा शनिबार गण्डकी प्रदेशका जनप्रतिनिधिका निम्ति गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै थिए । उनले चैतपछि सदस्यता नवीकरण नहुने बताए ।
आफ्नो निर्वाचन क्षेत्रमा काम नगर्ने तर अधिवेशनको मात्रै कुरा गर्ने नेताहरूको पोल खोलिदिने चेतावनी समेत महामन्त्री थापाले दिएका छन् ।
















