फिदिम– बालिका बलात्कार गरेको आरोपमा फिदिम नगरपालिका- १२ स्थित सिद्धदेवी माध्यमिक विद्यालय पिपलबोटेका शिक्षक राजकुमार नेम्बाङ पक्राउ परेका छन् ।
पीडित परिवारले दिएको उजुरीका आधारमा नेम्बाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले बताए ।
नेम्बाङमाथि १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । प्रहरीका अनुसार बालिका फिदिम बजारको सुन्तली चोकमा बस्दै आएकी थिइन् । नेम्बाङले आइतबारराति बालिकालाई बलात्कार गरेको उजुरीमा उल्लेख छ।