मोरङ-मोरङको मिक्लाजुङ गाउँपालिका-१ स्थित झण्डे डाँडाको घुमाउरो बाटोमा शनिबार दिउँसो मोटरसाइकल अनियन्त्रित हुँदा लडेर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
मिक्लाजुङको रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा मोरङको बेलबारी ११ वर्षीय सुस्मिना धिमालको मृत्यु भएको हो । दुर्घटनामा बाबु सुनिलकुमार र आमा चन्द्रमाया धिमाल घाइते भएका छन् ।
रमिते टाँटीको भित्री सडक खण्डमा सुनिलले चलाएको बा २७ प १८३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । मोटरसाइकल ७० फिट तल झरेको प्रहरीले जनाएको छ ।


















