बिर्तामोड-अन्स न्यौपानेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दै न्युटन्स् बाल क्लवले चौथो अधिवेशन सम्पन्न गरेको छ । पुर्न गठित क्लवको उपाध्यक्षमा सोनाली विमली, कोषाध्यक्ष केबिसा गुरागाईं, सचिव न्युसन थापा, सहसचिव युवराज ल्वागुन चयन भएका छन् ।
सदस्यमा पूजा ताम्लिङ, प्रज्वल थापा, संकेत कट्टेल, सन्दिप प्रसाई, सुप्रिया तामाङ, स्पन्दन सिटौला, सुप्रिम अधिकारी, दीपिका तिम्सिना, मनसा शिवाकोटी, उषाली खनाल, स्मृति नेपाल, वैभव चौहान, रुहान गौतम, मेरिना दंगाल, सान्वी बराइली सर्वसम्मत चयन गरिएको बाल क्लवकी फोकल पर्सन मीनु शिवाकोटीले जानकारी दिइन् ।
बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजुकेशन एकाडेमिमा रहेको बाल क्लवले विविध रचनात्मक गतिविधि गर्दै आएको छ । सदस्य निशा भट्टराईले स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष कृषा न्यौपानेले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकी थिइन् ।
आर्थिक प्रतिबेदन अनुसार क्लवले विभिन्न कार्यक्रम र शीर्षकमा खर्च गरी एक लाख ८ हजार रुपैयाँ बचत गर्न सफल भएको छ । अध्यक्ष रोनिशा दाहालको अध्यक्षता रहेको कार्यक्रममा बालबालिका तथा शिक्षा सञ्चार मञ्चका संयोजक सरोज पौडेलले बाल क्लब समूह मात्र नभएर असल नेतृत्व स्थापित गर्ने सभ्यताको स्कुल भएकाले केन्द्रीकृत भएर लाग्न सुझाव दिए ।
कार्यक्रममा अभिभावक एकाई संघ सदस्य सबिता लिम्बु, बिद्यालय व्यवस्थापन समिति सदस्य मन्जु राई, सञ्चारकर्मी निश्चल आचार्य एकेडेमी इन्चार्ज परासर दाहाल, बिद्यालय इन्चार्ज नोयल परेरा लगायतको उपस्थिति रहेको थियो ।
मिनिशा बर्फोङले सञ्चालन गरेको कार्यक्रममा नवगठित पदाधिकारीलाई खादा र माइन्युट प्रदान गरिएको थियो ।