२ असार २०८२, सोमबार | Tue Jun 17 2025

जेठ ११ देखि सुकेटार विमानस्थलमा उडान ठप्प



ताप्लेजुङ-ताप्लेजुङको सुकेटार विमानस्थलमा जेठ ११ गतेदेखि हवाई उडान ठप्प छ । नेपाल एयरलाइन्सले गर्दै आएको एकमात्र उडान बर्खायाम सुरु भएसँगै रोकिएको हो ।

नेपाल एयरलाइन्सको ताप्लेजुङ काउन्टरले जेठ ११ गतेपछि कुनै पनि उडान नभएको जनाएको हो । सातामा नेपाल एयरलाइन्सले तीन दिन उडान भर्दै आएको छ ।

गतवर्ष पनि जेठ २६ गतेदेखि भदौ १८ गतेसम्म उडान रोकिएको थियो । जेठ, असार र साउनमा बढी कुहिरो लाग्ने र जुनसुकै बेला पानी पर्ने भएकाले ताप्लेजुङमा उडान रोकिने गरेको छ ।

सम्भवत: यसपटक पनि भदौ दोस्रो सातासम्म सुकेटार विमानस्थलमा उडान नहुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार ००:००  १० : ४८ बजे