८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

दूध तथा दुग्ध पदार्थको आयात खोल्न भारतीय दबाब



काठमाडौँ-भारतले दूध तथा दुग्ध पदार्थको आयात खोल्न दबाब दिएको छ । सरकारले केही समयअघि दूध तथा दुग्ध पदार्थको आयात स्थगन गरेको थियो । भारतीय पक्षले अनौपचारिक रूपमा आयात खोल्न दबाब दिएको हो ।

नेपालले दूध तथा दुग्धजन्य पदार्थको आयात रोकेपछि भारतीय पक्षले निर्यातका लागि चाहिने बीआइएस प्रमाणपत्र वितरणमा रोक लगाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

भारतीय पक्षको यो कदमका कारण सबैभन्दा बढी सिमेन्ट उद्योग समस्यामा परेका छन् । निर्यातमा पछिल्लो समय समस्या उत्पन्न भइरहेको हो । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ ।

अर्बौँ रुपैयाँको धुलो दुध र बटर मौज्दात रहेपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले २०८० फागुनमा दुध तथा दुग्धजन्य पदार्थको आयात स्थगन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार ००:००  ९ : ०२ बजे